काठमाडौं । युरोपेली मुलुक सर्बिया हाल एउटा विरोध प्रदर्शनका कारण चर्चामा छ। त्यहाँ स्थानीय समय अनुसार हरेक दिन दिउँसो ११ बजेर ५२ मिनेटमा गाडीहरुको आवतजावत १५ मिनेटको लागि रोकिन्छ।

नोभेम्बरको महिनामा सर्बियाको दोस्रो सबैभन्दा ठूलो सहर नोबीमा रहेको रेल्वे स्टेसन भत्किँदा भएको दुर्घटनामा १५ जना मानिसको मृत्यु भएको थियो। सोही दुर्घटना भएको समयलाई प्रतिबिम्बित गर्दै त्यहीँ समयमा १५ मिनेटको यातायात बन्द गरिन्छ।

उक्त दुर्घटनापछि अहिलेसम्म त्यसका लागि जिम्मेवार ठानिएका १२ जना मानिसलाई गिरफ्तार गरिसकिएको छ। त्यसरी गिरफ्तार हुनेमा सर्बियाका पूर्व निर्माण मन्त्री पनि रहेका छन्। उनले उक्त घटनाको केही दिनपछि नै पदबाट राजीनामा दिएका थिए। यद्यपि उक्त दुर्घटनाका लागि आफू दोषी नरहेको उनको जिकिर छ।

सो घटनापछि सर्बियालीहरु निकै आक्रोशित छन् र देशका सहरहरुमा व्यापक विरोध प्रदर्शन भइरहेको छ। गत नोभेम्बर महिनामा बेलग्रेड विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो परिसरमा त्यसको विरोध प्रदर्शन सुरु गरेका थिए जुन विस्तारै ५० भन्दा धेरै विश्वविद्यालयका फ्याकल्टीहरूसम्म पुग्यो।

यसका अलावा स्कुलहरुमा पनि प्रदर्शन हुन थाल्यो। गत आइतबार हजारौं मानिसहरुले बेलग्रेडको सडकमा उत्रिएर विरोध प्रदर्शन गरे। साथै उनले दुर्घटनाका दोषीहरु पत्ता लगाएर कारवाही गर्न माग गरे।

अहिलेसम्मकै ठूलो प्रदर्शन

आइतबार भएको विरोध प्रदर्शन पछिल्ला केही वर्ष यता सर्बियामा भएको सबैभन्दा ठूलो विरोध प्रदर्शन थियो। प्रदर्शनकारीहरूले आफ्नो हातमा मोबाइल लिएर त्यसको फ्ल्यासलाइट बालेका थिए। हजारौं मानिसहरूले १५ मिनेटसम्म मृतकहरुको स्मरणमा मौन धारण गरे।

नोबी सहरमा अध्ययनरत एक मेडिकल विद्यार्थी म्याक्सिम इलिजले बिबिसीसँग भनेका छन् कि विद्यार्थीहरु लामो समयसम्म मौन रहेका थिए। पछिल्ला सबै घटनाक्रम सरकारको गैर जिम्मेवार रवैयाको नतिजा हो।

गत आइतबार सडकमा केवल विद्यार्थीहरू मात्र थिएनन्। किसान स्वास्थ्यकर्मी, कलाकार, बेलग्रेडका स्थानीय बासिन्दाहरू तथा सर्बियाका अन्य सहरका मानिसहरू समेत सडकमा भेला भएका थिए।

मौन धारणका क्रममा प्रदर्शनकारीहरूले एउटा ब्यानर लहराएका थिए।जसमा हामीहरु सबै एउटै छानामुनि छौँ भन्ने लेखिएको थियो।

रविवार को हुए विरोध प्रदर्शन में एक पुरुष प्रदर्शनकारियों की तस्वीर लेता हुआ

रेलवे स्टेशनको छतको माथिल्लो हिस्सा खस्नु भनेको निर्माणमा व्यापक भ्रष्टाचार तथा खराब निर्माण कार्यको एक उदाहरण भएको प्रदर्शनकारीहरूको आरोप छ। हालैका वर्षहरुमा यसको दुईपटक मर्मत भएको थियो। यसको निर्माणको काम चिनियाँ सरकारी कम्पनीले गरेको थियो।

बेलग्रेड नजिकैको सहर पेन्सेबोकी लिदियाले बिबिसीसँग भनिनः म यी सबै परिवर्तनहरूको समर्थन गर्न आएकी हुँ। जो यस्तो खालका प्रदर्शनहरूका कारण उत्पन्न भईरहेका छन्। आधारभूत रुपमा सम्पूर्ण कुराहरु बदल्न जरुरी रहेको छ र यो सबैका लागि निकै महत्वपूर्ण छ।

मलाई विद्यार्थीहरूको विरोध प्रदर्शनमा पूर्ण विश्वास छ। प्रदर्शनमा सहभागी युवाहरूको ठूलो संख्या सबैका लागि एक प्रकारको चेतावनी हो। मलाई विद्यार्थीहरु प्रति पूर्ण विश्वास छ किनभने उनीहरु आफ्नो कुरामा अडिग छन् ।

ब्लडी ह्यान्ड्स अर्थात् रक्ताम्य हात यो विरोध प्रदर्शनको आइकन नै बनेको छ। प्रदर्शनकारीहरूका हातमा ब्लडी ह्यान्ड्स अर्थात् हातमा रातो रङको पन्जा लगाइएको छ जुन त्यहाँको विरोध प्रदर्शनको प्रतीक बनेको छ। यसका अलावा प्रदर्शनकारीहरु करप्सन किल्स अर्थात् भ्रष्टाचारले ज्यान लिन्छ भन्ने जस्ता नाराहरु लगाइरहेका छन्।

यद्यपि प्रशासनले भने प्रदर्शनकारीका माग सम्बोधन भैसकेको र दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको छ बताएको छ। अधिकारीहरूको भनाइ छ कि उनीहरुले उक्त घटनासँग सम्बन्धित केही दस्तावेजहरु पनि सार्वजनिक गरेका छन्। तथापि विद्यार्थीहरुले चाहीँ सार्वजनिक गरिएको भनिएका त्यस्ता दस्तावेजहरु अधुरा रहेको बताउँदै प्रधानमन्त्री तथा नोबी सहरका मेयरको राजीनामा माग गरेका छन्। प्रदर्शनबाट उनीहरु पछि हट्नेवाला छैनन्।

बेलग्रेडका सबै विश्वविद्यालय तथा देशका दुई ठूला सहर नोबी र निसमा पछिल्ला दिनहरूमा व्यापक विरोध प्रदर्शन भइरहेका छन्। विभिन्न शिक्षक युनियनहरुले पनि विरोध प्रदर्शनमा सामेल हुनका लागि स्कुलमा पढाउने समयलाई कम गर्ने निर्णय गरेका छन्।

माध्यमिक विद्यालयका छात्रहरू पनि ठूलो संख्यामा पीडितहरूको सम्मानमा विरोध गर्न पुगिरहेका छन् । उता प्राथमिक तथा माध्यमिक स्कुलहरूमा बढिरहेको हंगामाका बीचमा शिक्षा मन्त्रालयले जाडो यामको स्कुल छुट्टीको घोषणा गरिसकेको छ।

प्रशासनले विद्यार्थीका सबै माग पूरा गरिसकेको बताएपनि विद्यार्थीहरु भने आफ्ना कुनै पनि माग पूर्ण रुपमा नमानिएको बताएका छन्। रेल्वे स्टेशनमा भएको दुर्घटनासँग सम्बन्धित सम्पूर्ण दस्तावेजहरू सार्वजनिक गर्न विद्यार्थीहरूले माग गरेका छन्।

यद्यपि सरकारी वेबसाइटमा १९५ वटा दस्तावेज प्रकाशित भएका छन्। विद्यार्थीहरूले भने ८०० भन्दा धेरै दस्तावेजहरु प्रकाशित गरिएको भएपनि त्यसमा वित्तीय विवरणसँग सम्बन्धित दस्तावेज एउटा पनि नभएको बताएका छन्।

बेलग्रेड विश्वविद्यालयको सिभिल इन्जिनियरिङ संकायले हालै जारी गरेका दस्तावेजको विश्लेषण गरेको छ। ती कुनैपनि दस्ताबेजमा महत्वपूर्ण जानकारीहरु सामेल नरहेको उसको भनाई छ।

आइतबार राति भएको विरोध प्रदर्शनपछि सर्बियाका राष्ट्रपति अलेक्जेन्डर हुसिकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टाटस लेख्दै प्रदर्शनकारीहरुका मागहरु सुन्नका लागि आफू सदैव तयार रहेको बताएका छन् । तर विरोध प्रदर्शनमा विपक्षी दलहरूको घुसपैठ रहेकोतर्फ पनि उनले संकेत गरेका छन्। यी सबैका बाबजुत त्यहाँ प्रदर्शन निरन्तर चलिरहेको छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0