घोराही । भालुवाङमा दुई बालिका बलात्कार गरेको आरोपमा २९ न. ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुईजना पक्राउ परेको बताइएको छ ।

गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0