काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन् ।

शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने बताए ।

उनले पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसदमा आएपछि उनीहरूको निद्रा हराएको र राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

माइतीघरबाट रास्वपाको प्रदर्शनमा सहभागीहरू नाराबाजीसहित नयाँ बानेश्वरतर्फ बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0