काठमाडौँ । बिहीबार काठमाडौँ जिल्ला अदालतमा भिडभाड थियो । अस्ट्रेलियाकी व्यापारी शेष घलेकी श्रीमती जमुना घले गुरुङ एउटा मुद्दाको सिलसिलामा जिल्ला अदालत पुगेकी थिइन् । अस्ट्रेलियाको प्रमुख धनीमध्येको सूचीमा पर्ने उनी हातमा हिराको व्रासलेट लगाएकी थिइन् ।

अदालत प्रवेश गर्दा उनको हातमा उक्त ब्रासलेट थियो । तर जिल्ला अदालतमा मुद्दाको क्रममा घुमी रहँदा केही घण्टापछि हेर्दा ब्रासलेट देखिएन । उनी मुद्दा सकेर फर्कने समयमा करिब ५ बजेतिर हातमा लगाएको करोडौँको व्रासलेट नदेखेपछि उनी आत्तिइन् । उनले जिल्ला अदालतमा आफ्नो सामान हराएको गुनासो गरिन् । जिल्ला अदालतमा भिड हुने हुँदा भिडमा कहाँ हरायो पत्तो नै लागेन ।

शुक्रवार अदालतले पुन खोजी सुरु गर्‍यो । जिल्ला अदालतभित्र सीसीटिभी जडान भएकाले उक्त सीसीटिभी मार्फत खोजी सुरु भयो । सीसीटिभी हेर्दा उक्त दिनमा आउने र जानेमध्ये एक जना कानुन व्यवसायी शङ्कास्पद देखिए । कानुन व्यवसायीले आफ्नो खल्तीमा हाल्दै गरेको देखिएपछि उनको खोजी सुरु भयो । जिल्ला अदालतले कानुन व्यवसायीको खोजीमा जिल्ला अदालत बार एसोसिएसनको सहयोग लियो ।

जिल्ला अदालत बार एसोसिएसनले शङ्कास्पद कानुन व्यवसायी पहिचान गरेपछि सोधपुछ थाल्यो । सीसीटिभी फुटेजमा उनले हिराको व्रासलेट खल्तीमा हालेको देखिएको कुरा सुनाएपछि उनले जिल्ला अदालतमा उक्त व्रासलेट फिर्ता गरे । जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार बिहीबार जमुना घलेको उक्त व्रासलेट अदालतभित्र खसेको र फोहोरमा देखेपछि एक जना कानुन व्यवसायीले टिपेर खल्तीमा राखेको पाइएको बताए ।

उनले भोलिपल्ट अदालतमा फिर्ता गरेको र अदालतले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बताए । जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष आरसी विमलले पनि उक्त दिन घटना भएको र सामान्य कस्मेटिक भन्ने ठानेर कानुन व्यवसायीले टिपेको पाइएको र खोजीपछि अदालतमै बारको पहलमा फिर्ता गरिएको बताए ।

लाखौँ पर्ने उक्त व्रासलेटका कारण जिल्ला अदालत भने बिहीबार र शुक्रवार तनावग्रस्त भएको थियो । घले एनआरएनको सम्मेलनका साथै जिल्ला अदालत काठमाडौँमा रहेको एक मुद्दाका लागि बबरमहलस्थित अदालतमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0