काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले देश बारूद्ध खानाभन्दा पनि खतरा स्थितिमा पुगेको बताएका छन् । सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘उनले सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्था नरहोस् भन्दै यसतर्फ गम्भीर भएर सोच्न समेत आग्रह गरे ।

उनले भने, ‘म आग्रह गर्छु कुनै दिन विस्फोट नहोस् । आज सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्थामा नरहोस् । गम्भीर भएर सोचौँ ।’

सांसद थानीले गिरीबन्धु, वाइडवडी लगायतका विषयमा ओझेल पारिएको बताए । सांसद थानीले भने, ‘गिरीबन्धु, वाइडवडी, ललिता निवास, क्यान्टोनमेन्ट, यति ओम्निको विषय कहाँ पुग्यो ? यसको जवाफ र उत्तर दिने कहिले र कसले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0