बुटवल । रुपन्देहीको तिलोत्तमा २ शंकरनगरमा आज (मँगलबार) विहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टेको हो ।

बसमा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बसमा करिब १५÷१६ जना सवार रहेका थिए । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0