६ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाइ स्थापना गर्ने भएको छ ।
हाल पाँच प्रदेशमा पर्यटन प्रहरी युनिट रहे पनि सुदूरपश्चिम र कर्णालीमा भने स्थापना भएको थिएन ।
पर्यटनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाइ गठन गर्ने निर्णय गरी कार्यान्वयन प्रक्रियामा रहेको पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीले जानकारी दिए ।
खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना भएपछि आवतजावत गर्ने पर्यटकलाई सहजता हुने अनुमान छ । पर्यटक प्रहरीले विभिन्न देशबाट आउने पर्यटकको शान्ति सुरक्षा साथै उनीहरूलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1