काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएपछि निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ ।

भोलि (शनिबार) मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0