काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0