१ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्दारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्दारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्दारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

‘विपद खोज उद्दार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर चाहिएको हामीले महसुस गर्‍यौं, त्यस्तै खोज तथा उद्दार कार्यमा चाहिने उपकरणको पनि व्यवस्थापन हुन भोलि बस्ने राष्ट्रिय परिषदको बैठकलाई सिफारिस गर्ने निर्णय भएको छ’, अधिकारीले भने ।

यस्तै यस वर्ष मनसुन अवधि जेठ २८ देखि असोज २६ गतेसम्म विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0