३ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।

सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए ।

शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई छाड्दैनौं’, भनेको भन्दै सहप्रवक्ता झाले भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’

उनले अगाडि भने, ‘यिनीहरुलाई रगत चाहिएको हो, हामी रगत दिन तयार छौं, शहीद चाहिएको हो, यो दलको शहीद छैन भनेको होइन, म शहीद बन्न तयार छु, तर यो देश अब परिवर्तन गरेरै छोड्ने हो ।’

रवि लामिछानेको पक्राउलाई अहिलेको सत्तारुढ दलहरुले अन्तिम हतियारको रुपमा प्रयोग गरेको झाले बताए । ‘यिनीहरुसँग अन्तिम हतियार थियो, अन्तिम हतियार र अन्तिम भोज हो, अब हामी नयाँ यात्रा सुरु गर्छौं, अब देखाउँछौं कि यो देशमा राजनीति कस्तो हुन्छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि पुराना दलहरुमाथि खतरा भएको र त्यही कारण नयाँ दल सिध्याउन खोजेको उनले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0