विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।

परिषद्का सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयलाई पालना गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मल्होत्राले भने, ‘चाडपर्व नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितको सेवामा लाग्नुपर्ने अवस्था छ ।’ उनका अनुसार वर्षाको कारणबाट भएको भौतिक एवं मानवीय क्षतिको यकिन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्ने तयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ ।

गृह मन्त्रालयबाट गठित विपद् व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स पदेन सदस्यको रूपमा रहेको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *