भुवन अर्याल/ ‘रविमा निष्ठा नैतिकता र कुनै आदर्श बाँकी हुन्थ्यो भने आफैले नो नट अगेन भनेर दुत्कारेका एमाले काङरेस र माओवादी सँग सरकारमा जाने थिएनन् ।’स्वस्नी छोराछोरी छन् पेट छ माटो पानीको शरिरका थुप्रै आवश्यकताहरु छन् । कृषि, उद्योग या अरु कुनै इलममा जोडिएको छैन उसैले जीवनभर राजनीति गर्छ । नेपालमा भ्रस्टाचारको मूल कारण यहिँ हो ।
सबै पुराना दल र तिनका नेताहरुले आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्न सिङ्गो सिस्टमलाई नै भ्रस्ट बनाए । एक पटक बिचार गरौं त किन सुशील कोइराला कृष्ण प्रसाद भट्टराईलाई कुनै पनि प्रकारको भ्रस्टाचारले छोएन ? वहाँहरुका व्यक्तिगत आवश्यक्ता कम थिए । काम , क्रोध र लोभबाट मुक्त भएकैले वहाँहरुले निस्ठाको राजनीति गर्नु भो । नेपाल सधै भ्रस्टारचाले अक्रान्त छ ।
राणा, राजा, पञ्चायत, संसदिय व्यवस्था या गणतन्त्र हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधहरु सार्बजनिक नभएका होइनन् तर पनि अपराधीहरुले बिरलै सजाए पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा व्यक्तिविषेशलाई सिध्याउन मात्र प्रयोग गरेको कसैबाट लुकेको छैन ।
दलिय लुटतन्त्र कसरी जन्मियो ?
हामी विधि र पद्धतिमा कहिल्यै गएनौं । आम नागरिक पनि कुनै न कुनै रुपमा दलिय लुटतन्त्रका सहयोगी बन्न पुग्यौं । हामी काङ्रेस भयौं , एमाले ,राप्रपा , माओवादी, मदेसवादी भयौं । दलित , जनजती क्षेत्री बाहुन मंगोल पाहाडे , मदिसे हुन जान्यौं असल नागरिक हुन जानेनौ । हामी देशभित्र एकता कायम गर्ने भन्दा छिन्नभिन्न भयौं । हामी फुटालियौं सानातिना स्वार्थले अन्धा भयौं जस्को करण दलिए लुटतन्त्र मौलायो ।
ठूला दलले बाहिर लड्ने भित्र भित्र मिलेर लुट्ने नीति लिए –एक पटक बिचार गरौं त जति पनि ठूला भ्रस्टाचारका काण्डहरु भए ती सबैमा ठूला दलहरु संलग्न छन् या त लुटेको रकमको बाँडफाँड भएको छ । उधारणको लागि बुढिगण्डकिमा भएको कमिसन काण्ड , गिरिबन्धु चिया बगानको काण्ड , ललित निवास काण्ड, भुटानी शरणार्थी काण्ड । सबैमा ठूला दलको लेनदेन र मेलमिलाप छ । अझ ललित निबास काण्डमा त मन्त्री परिषदले निर्णय गरेर सरकारी जग्गा व्यक्तिको नाममा गएको छ जुन अबैधानिक ठहर भैसक्यो ।
नीतिगत निर्णय गर्ने नेताहरु स्वछन्द घुमेर उनीहररुको निर्णय कार्यान्वयन गर्ने कारिन्दो कर्मचारीहरु मात्र फस्नु पर्ने ?स्वच्छाचारिता यस्तै अवस्था भुटानी शरणार्थी काण्डमा पनि छ । कांग्रेस, एमालेका त कुरा नगरौं हजारौं मान्छेले बलिदान गरेको आन्दोलनको अग्रमोर्चा सम्हालेर पटक पटक महत्वपूर्ण मन्त्रालय संहालेको टोपबाहादुर रायमाझी कसरी लोभिए ? किन जनताका छोराछोरीलाई शरणार्थी बनाएर बेच्न तम्सियो ? यसको मुख्य कारण राजनीतिका निष्ठा शून्य हुनु हो । अझ भनौ हामीले मुलुकमा जे गर्दा पनि हुन्छ भन्ने स्वच्छाचारिताको कारण हो । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड एउटै काण्डका मुख्य नायक बाहिर हुने टोपबाहादुर जेल भित्र यो लोकतन्त्रको भद्दा उपहास हो ।
जुन सचिबलाई सेटिङमा संलग्न गराएर आफूले जुन जुन मन्त्रालय संहालेको छ उतै उतै सरुवा गरियो ऐले उसैलाई मात्र कानुन लाग्ने ? भ्रस्ट , तस्कर , अपराधी भएर मात्र ठूला पार्टीमा स्थान बनाउँने योग्यता प्राप्त हुने हुनाले यस्ता कुराहरु समान्य भए । मिनबादुरले ओलीलाई दिएको १४ रोपनी जग्गा ठूला दलहरुले लिदै आएको कालोधनकै निरन्तरता हो । जसरि एनसेलले तिर्नु पर्ने अर्बौं कर होस या उद्योगीहरुले नतिरेको विद्युत महशुल उनीहरुले सबै पार्टीको नेताहरुलाई मुख बुझो लगाएर बलिया भएका त हुन् ।
नागरिक माथि सधै कुठाराघात !
हामीले स्कुल पढ्ने बेला भनियो राजा र उनको परिवारले देशको सबै धन विदेशमा थुप्राएर राखेको हुनाले विकास भएन । त्यसो भन्ने नेताहरुले आफ्नो पालामा झन ठूला भ्रस्टाचार गरे । बहुदलिय प्रजातन्त्र भएका मुलुकमा शत्ताधारी दलले राम्रो नगर्दा नागरिकले प्रतिपक्षलाई साथ दिन्छन् र अलोकप्रीय शासन ढल्छ । हिजो गलत गर्नेहरुलाई कानुन बमोजिम कारबाहीका प्रक्रियाहरु हुन्छन् । तर हामीले हेरिरहेका छौं मुलुकलाई खर्बौ ऋण लगाएर आफ्ना सेवा र सुबिधाका लागि मात्र गरिरहेकाछन् नेताहरु ! हुदा हुदा हामीले यसतो देख्न थाल्यौं फरक सिद्धान्त , फरक उद्देश्य र फरक घोषणापत्रमा चुनाब लडेर आएकाहरु शत्ताको निमित्त आफ्ना आदर्श र नागरिक सँग गरेका कमिटमेण्ट सबै बिर्षिए ।
माहुरी हौं भन्नेहरु झिङ्गा निस्किए
पुराना दलहरुले पूर्व पञ्च र दरबारियाहरुकै अनुशरण गरे । मुलुकलाई समृद्धिको शिखरमा पुर्याउँने नाराशहित हजारौंको बलिदान पश्चात् आएको माओवादी शत्ताको चास्निमा यति नराम्रो डुब्यो उक्त पार्टीका नेताहरुले चर्पीलाई बगैँचा देख्न थाले । एक दुई बाहेक शत्तामा पुगेका र शत्ता नजिक पुगेका माओवादीहरु भ्रस्टाचार , ठगि , तस्करी र जग्गा अपचलनजस्त कृतिमान नै कायम गरे । नेपालको ईतिहासमा लिक्ष्वीकाल स्वर्णिम काल भनेर पढेका थियौं तर ०६२÷०६३ साल यताको समय नेपाल भ्रस्ट दलाल र तस्करहरुका लागि स्वर्ग बन्न पुग्यो ।
नागरिकको दुःख दर्दमा मलम पट्टि लगाउँनु त कता कता हिजो जस्को विरुद्ध हतियार उठाएको हो उनीहरु संगै मिलेर सिङ्गो जनयुद्धलाई मजाक बनाए । नेत्रृत्वको व्यवहार जीवनशैली , संगत र दलाल पोस्ने प्रवृति सबैको समान देखियो । राणा , राजा , पञ्चायत , संसदिय व्यवस्था या गणतन्त्र हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधहरु सार्बजनिक नभएका होइनन् तर पनि अपराधीहरुले बिरलै सजाए पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रस्टाचारीलाई कारबाही गर्नुको सट्टा व्यक्तिविषेशलाई सिध्याउन मात्र प्रयोग गरेको कसैबाट लुकेको छैन ।
सहकारीको रकम अपचलनमा झण्डै १ खर्ब रकम लाखौं बचतकर्ताको हिनामिना भएको छ । विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको रकम ६५ करोड मात्र हो । उक्त अपचलनमा रवि संलग्न भएको ठहरेमा कानुन बमोजिम कारबाही हुनु पर्नेमा कसैको दुईमत नहोला । यद्यपि ठुला पार्टीहरुले आफ्ना तमाम करतुतलाई ढाकछोप गर्न र नागरिकको ध्यान अनेत्र मोड्न रविलाई पक्राउ गरेको शहजै अनुमान गर्न सकिन्छ । तर रास्वपाका नेता कार्यकर्ताहरु पनि एमाले काङ्रेस माओवादीहरुकै शैलीमा आफ्नो नेताले ठगेको छैन चोरेको छैन भनेर उफ्रिनु जरुरि छ र ? राजनीतिलाई निष्ठा र आदर्शपूर्ण बनाउँने हो भने छानबिन पूर्ण नहुदा सम्म पार्टी अध्यक्षको पदबाट बाहिर बस्नु पर्छ ।
हामी माहुरी हौं भन्यौ होला तनि भनेर जनताले २१ सिट दिए । बगंचातिर जानुपर्ने बेला पुरानै पार्टी झैं शत्ताको लागि चर्पितिर फुङ्गाल्यौ त्यो पनि दुई दुई पटक कसरी विश्वास गर्ने ? रास्वपा रवि र रविनै रास्वपा हो यदि भने अब नागरिकमा वैकल्पिक राजनीतिको भ्रम छर्न बन्द गर !
@ग्लोबल आवाज