७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

२८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए । यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन् । उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन् ।

एनपीएलका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गर्दा उत्साहित रहेको लुम्बिनी लायन्सले जनाएको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0