९ कात्तिक, काठमाडौं । रघुराम विष्ट सचिव बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई सचिवमा बढुवा गरेको हो ।

सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव विष्टको नाम सिफारिस गरेको थियो ।

५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव विष्ट बढुवा भएका हुन् ।

४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ ।

यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बिष्ट सिफारिस भएका थिए ।

उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएर पदस्थापन गरिएको छ । यसअघि पनि उनी गण्डकीमै कायममुकायम प्रमख सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0