काठमाडौँ । कर दिवसलाई लक्षित गर्दै आन्तरिक राजस्व विभागले कविता प्रतियोगिता गर्ने भएको छ । ‘उद्योग व्यापार, लगानी प्रवर्द्धन र कर सचेतना’ विषयमा माध्यमिक विद्यालयस्तरीय खुला कविता प्रतियोगिता आयोजना गर्न लागिएको विभागले जनाएको छ ।

उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहने कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले कात्तिक २५ गतेसम्म मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको ठेगानामा आइपुग्नेगरी कविता पठाउन अनुरोध गरिएको छ ।

कवितामा पठाउँदा विद्यार्थीले आफ्नो नामथर, अध्ययन गर्ने विद्यालयको नाम, कक्षा खुलाई विद्यार्थी परिचयपत्र र विद्यालयको सिफारिसपत्र र हालसालै खिचिएको फोटोसहितको विवरण समेत पठाउन समेत विभागले आग्रह गरेको छ ।

उक्त कविता बढीमा १५० शब्दको हुनुपर्ने र यसअघि कहीँकतै प्रकाशन वाचन भएको हुन नहुने विभागले जनाएको छ । प्राप्त कविताका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान छुट्याई मंसिर १ गते कर दिवस समारोहमा पुरस्कृत गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0