१२ कात्तिक, धनगढी । कैलाली र कञ्चनपुरबाट ९ लाख बराबरको सामान बरामद भएको छ ।

आइतबार कैलालीको गोदावरी नगरपालिकासहितका विभिन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरको भीमदत्त नगरपालिका-२ सहितका स्थानबाट पाँच लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार गोदावरी नगरपालिका-४, भजनी नगरपालिका-३ बदलाचोक, हिक्मतपुरघाट, जोशीपुर गाउँपालिका-३ फाँडिया र कैलारी गाउँपालिका-५ मनिकापुरबाट अवैध रुपमा भारतबाट ल्याइरहेको सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जीलगायतका सामानहरु छन् ।

बरामद भएका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भाँसी, वडा नम्बर १० को भन्सार कार्यालय नजिक, ११ को चौकीसत्ता, १७ को वाँसखेडा र पुनर्वास नगरपालिका-८ बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएका सामान बरामद भएको छ ।

पाँच लाख ६३ हजार ६८० रुपैयाँ बराबरका सामानमा प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर, कस्मेटिक, किरानाका सामान, प्लाष्टिक झिल्ली, मोटरसाइकल लगायत रहेको प्रहरीले जनाएको छ ।

ती सामान गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0