१२ कात्तिक, काठमाडौं । समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल एएफसी यु-१७ एसियन कप छनोटमा जितविहीन बनेको छ ।

यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १-० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन रह्यो ।

दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे ।

सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो । नेपाल यो खेल जित्दै सुखद अन्त्य गर्न चाहन्थ्यो । तर मंगोलियाले बाजी मार्‍यो । मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा सकायो ।

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९-२ तथा घरेलु टोली कतारसँग ५-० ले पराजित भएको थियो ।

मंगोलिया पहिलो खेलमा कतारसँग २-० ले तथा जापानसँग ७-० ले पराजित भएको थियो ।

नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भयो । जसमा १५ गोल खाँदा २ गोल गर्न सफल भयो ।

यु-१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ ।

छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु-१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत: छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0