सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ ।

कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ ।

यस्तो छ सूची

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *