२३ कात्तिक, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रबार फेरि २ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

मूल्य केही घटेको मौकामा लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0