जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ

जाजरकोट, वैशाख २६ गते । जाजरकोटमा एक जना महिलालाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । छेडागाड नगरपालिका ५ थलहबजारबाट नेपाली एक हजारका १८ थान नक्कली नोटसहित छेडागाड नगरपालिका १० काप्लाकी ३२ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

महिलासँग नक्कली नोट छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरी टोलीले महिलालाई नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो ।

नक्कली नोटसहित पक्राउ परेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *