२६ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले मधेस प्रदेशमा रहेका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि नेता खटाएको छ । मधेस प्रदेश समितिको बैठकले नेताहरुलाई जिल्लागत जिम्मेवारी तोकेको छ।
धनुषामा मधेसका पूर्वमन्त्री मा रामशरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटका लागि सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सूर्यबहादुर थापालाई जिम्मेवारी दिईएको छ।
मंसिर १६ मा हुने उपनिर्वाचनमा मधेशमा सप्तरी २, धनुषा १, महोत्तरी १ र रौतहट ३ का गरी ७ वटा वडाअध्यक्षका लागि निर्वाचन हुँदैछ।
प्रदेश समिति बैठकले निर्वाचन हुने वडामा उप समिती बनाई र परिचालन गर्ने निर्णय भएको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए। उक्त बैठकले आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरको छ ।
पार्टी केन्द्रबाट सञ्चालित १०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायतका विषयमा छलफल भएको गुप्ताले जानकारी गराए ।
तल्लो तहसम्म कांग्रेस एमालेको संयन्त्र बनाउने केन्द्रको निर्णय अनुसार कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवको संयोजकत्वमा तीन सदस्य संयन्त्र बनाइएको छ । सरकारलाई सफल वनाउन स्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाएको कांग्रेसले जनाएको छ ।