l6d'/]df lgdf{0ffwLg ;'Vvf aGb/ufx w'Gr] -/;'jf_, & sflQs M /;'jfsf] l6d'/]l:yt ef]6]sf];L vf]nf lsgf/df lgdf{0ffwLg ;'Vvf aGb/ufx :yn . jiff{ofdsf] af9L lgoGq0fsf nflu l;d]G6sf] kvf{n nufOPkl5 rLgaf6 cfofltt ;fdu|L af]s]sf 6«s tyf sG6]g/ /fVg ;'/lIft x'Fb} uPsf] 5 . 1fg]G› Gof}kfg]÷/f;;

२७ कात्तिक, काठमाडौं । सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ ।

चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार २ जेठ २०८२ सम्म सक्ने गरी ठेक्का लागेकोमा तोकिएको समयमा निर्माण कार्य सक्ने गरी काम भइरहेको छ ।

रसुवामा ५० हजार ९ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा बन्दरगाह बन्दैछ । यस सुक्खा बन्दरगाहमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेसन सेड, क्यान्टिन, प्रशासनिक भवन र ३ सय सवारी अट्ने पार्किङ लगायत भौतिक संरचना निर्माण भइरहेको समितिले जनाएको छ ।

अहिलेसम्म सुक्खा बन्दरगाहको ६५ प्रतिशत काम सम्पन्न भएको समितिको भनाइ छ । अहिले भोटेकोसी खोलातर्फ र सडकतर्फ रिटेनिङ वाल निर्माण काम सम्पन्न भइसकेको इन्टरमोडलले जनाएको छ ।

सडकको काम ९० प्रतिशत सकिएको छ । समिति विवरण अनुसार कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण समेत ९० प्रतिशत सकिएको छ । प्रशासनिक भवन निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार भवनमा विद्युतीय जडान, सेनेटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको छ । यो सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण भएसँगै सञ्चालनमा आउने छ ।

चीनसँग सिमाना जोडिएको रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बन्दैछ । यसले अन्तरदेशीय व्यापार सहजीकरणमा भूमिका खेल्ने बताइएको छ । आयोजनाको लागत १ अर्ब ५० करोड रुपैयाँ हो ।

यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टुबर २०१४ मा सम्झौता भएको थियो । दुई देशबीच पूरक सम्झौता भने २ फागुन २०७९ मा भएको थियो ।

सुक्खा बन्दरगाह निर्माणका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । यो आयोजनाको शिलान्यास सन् २०१९ मा गरिएको हो । त्यसपछि कोभिड-१९ महामारी भोगेको आयोजनाको सम्पन्न हुने म्याद थप गरिँदै आइएको छ ।

यो बन्दरगाह निर्माण भएपछि नेपाल र चीन दुवैतर्फ मालसामान आयात–निर्यात सहज हुने र भन्सार बिन्दुमा अहिले हुने अफ्ठ्यारो हट्ने अपेक्षा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0