३० कात्तिक, काठमाडौं । बौल यौन दुर्व्यवहारको सामाग्री तयारी पारी जिमेलको गुगल ड्राइभबाट प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमन प्रताप हरिजन छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले नवलपरासी प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
नवलपरासीबाट बिहीबार पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनले बाल यौन दुव्र्यवार सम्बन्धी सामाग्री तयार पारेर सार्वजनिक गरेको आरोप छ । उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1