३० कात्तिक, काठमाडौं । अमेरिकाको स्वास्थ्यमन्त्रीमा रोबर्ट एफ केनेडी जुनियरलाई नियुक्त गर्ने डोनाल्ड ट्रम्पको निर्णयको विरोध हुन थालेको छ । केनेडी कोभिड भ्याक्सिनको विरुद्धमा आफूले राख्दै आएको अडानका लागि परिचित छन्।
बीबीसीका अनुसार क्यालिफोर्नियाको डेमोक्रेटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले स्वास्थ्यमन्त्रीमा केनेडीको नियुक्ति निकै खराब भएको भन्दै यस निर्णयले जनताको जीवनसँग खेलबाड भइरहेको चेतावनी दिएका छन् ।
‘केनेडी जुनियर एक खोपविरोधी षड्यन्त्रकारी हुन्, उनले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई बर्बाद पार्नेछन्’, गार्सियाले भनेका छन् ।
त्यसैगरी अमेरिकी पब्लिक हेल्थ एसोसिएसनले पनि रोबर्ट एफ केनेडी जुनियरको नियुक्तिको विरोध गरेको छ। एसोसिएसनले डोनाल्ड ट्रम्पको यो नियुक्तिको कडा विरोध गरेको बीबीसीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1