१४ मंसिर, भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह भएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक जना मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त २ सय ८९ जना दीक्षित भए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित ५ जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

ललितपुर जन्मिएकी ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा अतुलनीय योगदान गरेको भन्दै विश्वविद्यालयको १७ औं सभाले उनलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0