१६ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा विभिन्न १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’का अनुसार १६ वटा मूल दस्तावेजमा १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका हुन् ।

गत बिहीबार सुरु भएको महाधिवेशन अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टीको त्रिभुवन विश्वविद्यालयको ठूलो हलमा बन्दसत्र चलिरहेको छ । जहाँ विभिन्न विषयमा दस्तावेजहरू प्रस्तुत भएका हुन् ।

‘मूल दस्तावेजहरूको अंश–अंशमा आफ्नो मत राख्दै विभिन्न १५ वटा फरक प्रस्ताव प्रस्तुत भएका छन्’ प्रवक्ता ओलीले भने । उनका अनुसार सबै दस्तावेजलाई एकीकृत गरेर छलफल गर्नका लागि समूह बनाउने तयारी छ ।

समूहगत छलफल सकिएपछि पुनः छलफल भएर प्रस्तावहरू पारित हुनेछन् । यही मंसिर १३ गतेबाट शुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंसिर २३ गते सकिनेछ ।

गत शुुक्रबार पार्टीका संयोजक मोहन वैद्य किरणले मूल राजनीतिक दस्तवेज पेस गरेका थिए । वैद्यको दस्ताबेजमा संघर्र्ष, एकता र रूपान्तरणको विषयलाई समेटिएको छ । जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने पद्धतिलाई पनि अपनाइएको उल्लेख छ । त्यसपछि बाँकी दस्तावेजहरु पेस भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0