१६ मङ्सिर, बुटवल । बुटवल १३ बेलबासमा भएकाे एक कार्यक्रममा सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानकाे भवन शिलन्यास गर्दै
मेयर खेलराज पाण्डेयले व्यवहारिक समाजवादकाे अभ्यासकाे प्रसङ्ग अघि सारेका छन् ।

उनले भने सन्त नेता कृष्णप्रसाद भट्टराई, मनमाेहन अधिकारी र सुशील काेइरालाकाे साधगी जीवनीशैलीमा व्यवहारिक समाजवाद झल्कन्थ्याे । हामी त्यस व्यावहारिक समाजवादबाट अत्यन्त प्रभावित छाैं ।
हामी जुन दर्शन र सिद्धान्तबाट आएकाे भएतापनि मुलुकलाई याेगदान दिनेहरु एउटा पार्टीका मात्र हैनन्, सिङ्गाेे राज्यका विभूति हुन् । हामीले सबैलाई बराबर सम्मान गर्नुपर्छ ।

म सन्त नेता कृष्णप्रसाद भट्टराई पुष्पलाल, गिरिजाप्रसाद काेइराला, सूर्यप्रसाद प्रधान, मङ्गलादेवी, साहना प्रधान साधना अधिकारीहकाे स्मृतिमा प्रतिष्ठानहरु बनेकाे देख्न चाहन्छु । लाेकतन्त्रमा उहाँहरुकाे विशेष याेगदान छ ।
हामीले मात्र सम्मान पाइरहँदा नागरिकहरुकाे अपमान हुन नपराेस् । नागरिक लाेकतन्त्रका मालिक हुन् । त्यसर्थ हाम्रा जीवनशैलीहरु नागरिक सरह समाजवादी बनून् । एउटा छाता र सुराही लिएर सत्तामा पुगेका किसुनजी सत्ताबाट निस्कदा त्यत्ति सम्पति थियाे । मेराे विषयमा पनि त्यही लागू हुन्छ । मेयरकाे कुर्चीमा पस्दाकाे दिन मेराे आर्थिक अवस्था कस्ताे थियाे, मेयरबाट निस्कदा कस्ताे भएर निस्कन्छु, यस विषयमा तपाईहरुकाे निगरानी हाेस् । हामी भ्रष्ट चिन्तन र जीवनशैलीबाट टाढा रहाैं ।
उनले व्यवहारिक समाजवाद सन्त नेता किसुनजीकाे बाटाे हाे । हामी त्यहीबाटाे हिडाैं भनेका छन् ।

प्रतिष्ठान अध्यक्ष पुरुषाेत्तम बस्यालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा विशिष्ट अतिथि नारायणप्रसाद पुनले किसुनजीलाई गहिराे स्मरण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि मन्दिरा गाैडेल, कृष्णा सुनार, ध्रुव थापा र लालबहादुर गुरुङकाे उपस्थिति थियाे । कार्यक्रममा आजीवन सदस्यताकाे प्रमाण-पत्र प्रदान गरिएकाे थियाे ।
प्रतिष्ठान अध्यक्ष पुरुषाेत्तम बस्यालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रम सचिव जानुका पाैडेलले सन्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0