२० मंसिर, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।
बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।
मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् ।
मटकोटर सकिएपछि भोली शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।
मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।
आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाई अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।