२३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । जसअनुसार चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश करसहित हो । कुल ५६ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।
आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले यो लाभांश पाउने छन् । यसअघि कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश नै प्रदान गरेको थियो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1