वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० रुपैयाँ र राजेशले आठ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीपछि काठमाडौै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौै महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0