काठमाडौँ । थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गतेदेखि सुरु हुने भएको छ । तीन दिन चल्ने फेष्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरि २० फिल्म प्रदर्शन हुनेछ ।
महोत्सवमा सहभागिताका लागि ४६ फिल्मले आवेदन दिएका थिए । जसबाट २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो ।
मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म देखाइनेछ ।
सर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ र डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गल्र्स रिराइटिङ डेस्टिनी’लगायत रहेका छन् । महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ’नेपाली फिल्मको विविधता’ जस्ता बिषयमा पनि छलफल हुनेछ ।
‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुने फेष्टिभले फिल्म मार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्य लिएको महोत्सव संयोजक प्रमोदकृष्ण जोशीले बताए ।