काठमाडौं । अबदेखि हलमा फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । मंगलबार चलचित्र निर्माता संघ र चलचित्र संघको कार्यदलले यसबारे सहमति जुटाएको हो ।

सहमति अनुसार अब फिल्म रिलिज गर्नुअघि निर्माता संघ र प्रदर्शकहरुको संस्था चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने कार्यदलका सदस्य गोपाल कायस्थले बताए । यससँगै अब स्वतन्त्र रुपमा कसैले पनि हलमा फिल्म रिलिज गर्न नपाउने भएका छन् ।

कार्यदलले एकै मितिमा दुई भन्दा बढी फिल्म रिलिज गर्न नपाइने अहिलेको नियमलाई समेत खारेज गर्ने सहमति जुटाएको छ ।

‘खुला बजारको अवधारणा अनुसार एकै मितिमा अब दुई भन्दा बढी पनि फिल्म रिलिज हुन पाउनेछन्,’ कायस्थले भने । कार्यदलमा निर्माता संघको तर्फबाट उदय सुब्बा संयोजक र चलचित्र संघबाट कायस्थ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0