२ माघ, काठमाडौं । मन्त्रिपरिषद्बाट सिफारिस भएकामध्ये चार वटा अध्यादेश जारी भएको तीन दिनपछि राष्ट्रपति कार्यालयले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ जारी गरेको छ ।
गत २९ पुसमा अरु अध्यादेश जारी हुँदा राष्ट्रपति कार्यालयले यो अध्यादेश रोकेको थियो । वन र राष्ट्रिय निकुञ्जको जग्गा भूमिहीनलाई लालपुर्जासहित बाँड्ने व्यवस्था राखिएको भन्दै यो अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटकलाई मात्र लालपुर्जा दिने राष्ट्रपतिसँग प्रतिबद्धता जनाएपछि अध्यादेश जारी गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार अध्यादेशलाई संसद्बाट प्रतिस्थापन गर्ने क्रममा संसद्मा प्रधानमन्त्रीले यसको प्रतिबद्धता गर्ने र कमजोरी भए सुधार्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1