२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ । रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले सुनाए ।

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा विभिन्न ६ वटा राजनीतिक दलका नेताहरू सहभागी थिए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत थिए । नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्याल थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङ, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ सहभागी थिए ।

बैठकमा प्रचण्डले विपक्षी दलहरूबीच एजेण्डागत रुपमा सहकार्य आवश्यक रहेको बताएका थिए । त्यसक्रममा उनले रास्वपा सभापति लामिछानेबारे टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0