९ माघ, जनकपुरधाम । धनुषामा सडकमा हुने दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक तुलनामा सडक दुर्घटनामा कमी आएको हो ।
धनुषा जिल्लाभर चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म (६ महिना) ५०६ दुर्घटना भएको छ । जसमा २६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यो अवधिमा ५९८ सडक दुर्घटना भएको थियो । जसमा ३९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विगत आर्थिक वर्षमा तुलनामा यो चालु आर्थिक वर्षमा ९२ सवारी दुर्घटना कम र १३ जना कम मानवीय क्षति भएको देखिन्छ ।
ट्राफिक सचेतनाका लागि विभिन्न अभियानहरु जारी राखेकाले दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1