एक हप्ताभित्रै दुई पटक बाढी, खोला किनारमा सधैं डर

२२ साउन, काठमाडौं । पछिल्लो एक महिनामा तीन पटक ठूलो बाढी आएपछि उपत्यकाको खोला किनारका बस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।

२२ असार, १६ साउन र मंगलबार २ साउनमा गरी तीन पटक आएको ठूलो बाढीले खोला किनारमा रहेका कार्यालय, गोदाम, व्यापार–व्यवसाय र घर तथा बसोबासस्थल तहसनहस पारेको छ ।

मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायतका क्षेत्रलाई बढी प्रभावित पारेको छ ।

बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायतका संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेल मैदान आदि बाढीले प्रभावित पार्ने मुख्य स्थल हुन् । यी ठाउँमा सयौं सर्वसाधारणको बसोबासस्थल पनि बाढीले डुवानमा पारेको छ ।

एक हप्ताअघि १६ साउनमा आएको बाढीले पुर्‍याएको क्षतिबाट राम्ररी उठ्न नपाउँदै यी क्षेत्रमा अर्को पनि बाढी आउँदा सर्वसाधारण हैरान भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *