समाज

रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — मुलुकमा रहेका ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब ७६.८ प्रतिशतले रेमिट्यान्स प्राप्त गर्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणले नेपालमा रहेका कुल घरपरिवारमध्ये करिब ५१ लाख १५ हजार ५ सय २६ वटाले रेमिट्यान्स प्राप्त गर्दै आएको देखाएको हो । दशकअघिको तुलनामा रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको संख्या करिब २१ प्रतिशत विन्दुले बढेको हो । दशकअघि नेपालका ५५.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका थिए । यस अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै अध्ययनका लागि बाहिरिने नेपालीले पनि घरमा पैसा पठाउन थालेकाले रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार संख्या बढेको अध्ययनको निष्कर्ष छ । आर्थिक वर्ष सन् १९९५/९६ मा २३.४ प्रतिशत र आर्थिक वर्ष २००३/०४ मा ३१.९ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका ...
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

समाचार, समाज, समाज / जिवनशैली
२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’ जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि ...
पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ । पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो/फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही ग...
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

अपराध / प्रशासन, समाज
धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ...
गृहमन्त्री लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

राजनीति, समाज
काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सोउपर छानबिन गर्न चुनौती दिएका हुन् । 'म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,' महामन्त्री शर्माले भने । महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापतिसमेत रहेका गृहमन्त्रीले लामिछानेल...
मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

समाचार, समाज, समाज / जिवनशैली
६ जेठ, म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो । बेनी–जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले रु नौ...
सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

समाचार, समाज
२ जेठ, काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए । पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै उनले भने, ‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’ जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै सन्दीपले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन ।’...
पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै निष्कर्ष : सूर्यदर्शन सहकारीको बचत हिनामिनामा पनि लामिछानेको संलग्नता कागजातबाटै पुष्टि

आर्थिक / ब्यापार, समाचार, समाज
पोखरा/काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी मात्र होइन, पोखराको सूर्यदर्शन सहकारीको बचतसमेत हिनामिना गरेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको भन्दै तयार पारेको प्रतिवेदन उनी गृहमन्त्री भएपछि लुकाएका थिए । तर, पोखरा महानगरले गठन गरेको छानबिन समितिले पनि लामिछाने आफैंले माग फाराम भरेर सहकारीबाट रकम उठाएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । १८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड रकम अपचलनमा गत वर्ष मुद्दा दायर गर्दा लामिछानेसहितको नाम प्रहरीले योजनाबद्ध रूपमा छुटाएको थियो । तर, पीडित बचतकर्ताले अनुसन्धान र न्यायको माग गर्दै गत माघ २२ मा पूरक जाहेरी दिएपछि सीआईबीको टोली पोखरा पुगेर अनुसन्धानमा खटिएको थियो । लामिछानेसहितका ‘शंकास्पद ऋणी’ ले सूर्यदर्शन सहकारीबाट अनिय...
छातीमा पानी किन जम्छ, के छ उपचार ?

छातीमा पानी किन जम्छ, के छ उपचार ?

समाचार, समाज, स्वास्थ्य
छातीभित्र फोक्सोको आसपास पानी जम्मा हुनुलाई मेडिकल भाषामा ‘प्लुरल इफ्युजन’ भनिन्छ । फोक्सो र छातीबीचमा फोक्सोलाई ढाक्ने झिल्लीलाई ‘प्लुरा’ भनिन्छ । त्यसमा सामान्यतया पाँचदेखि १० एमएल पानी हुन्छ । तर विभिन्न रोगको कारण त्यहाँ पानीको मात्रा बढ्न सक्छ, जसले छातीमा पानी जम्मा हुन्छ । फोक्सोमा पानी भरिनुको कारण के हो भन्ने जान्न जरुरी हुन्छ । विज्ञहरूका अनुसार मुटुरोगका कारण फोक्सोमा पानी भरिन्छ । यसबाहेक फोक्सोमा पानी भरिने समस्याका अन्य धेरै कारण छन् । छातीमा पानी जम्ने तीन कारण -शरीरको कुनै अंगले राम्रोसँग काम गर्न नसक्दा फोक्सोमा पानी वा तरल पदार्थ जम्मा हुनसक्छ । मुटु, मिर्गौला वा कलेजो फेल हुनु यसको मुख्य कारण हुनसक्छ । लिभर सिरोसिस भएमा पनि फोक्सोमा पानी जम्मा हुनसक्छ । -प्लुराको संक्रमण भयो भने पनि छातीमा पानी जम्छ । प्लुरामा धेरै मात्रामा देखा पर्ने संक्रमण भनेको क्षयरोग ...
धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

समाचार, समाज, स्वास्थ्य
हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ । यसले कार्डियोमास्कुलर प्रणालीलाई असर गर्छ र रगत जम्ने जोखिम हुन्छ । रक्तप्रवाहमा पुग्ने अवरोधका कारण उच्च रक्तचाप र हृदयघातको खतरा बढेर जान्छ । अध्ययनकर्ताका धुम्रपान गर्ने मानिसमा रगतको नली साँघुरो भएर रगतको प्रवाह कम हुन्छ, जसकारण कहिलेकाहीं मस्तिष्कमा रगतको आपूर्ति सहज रूपमा हुन सक्दैन । र, यसले गर्दा स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यसैअनुसार ५० वर्षमुनिका मानिसले दिनमा २० वटाभन्दा बढी चुरोट पिएमा मस्तिष्कघातको जोखिम दुई गुणाले बढ्ने अध्ययनले बताएको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ)को तथ्यांकअनुसार धुम्रपानले स्ट्रोकको जोखिम निश्चित रूपमा बढाउने बताइएको छ । चुरोटमा ...