२४ साउन, काठमाडौं । सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो ।

उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0