२४ साउन, काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने तयारीमा रहेका मुहम्मद युनुसले देशलाई अराजकता र हिंसाबाट बचाउन अपिल गरेका छन् ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले आज साँझ शपथ लिने छन् । त्यसका लागि ढाका पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भने, ‘यदि तपाईंहरुलाई ममाथि भरोसा र विश्वास छ भने देशमा कहीँ पनि हिंसा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।’

अगाडि भने, ‘म यसमा जोड दिन चाहन्छु कि देशलाई अराजकताबाट बचाउनुपर्छ । देशलाई हिंसाबाट बचाउनुपर्छ ताकि विद्यार्थीहरुले देखाएको बाटोमा देशलाई अगाडि लैजान सकियोस् ।’

बंगलादेश सुन्दर देश बन्नसक्ने सम्भावना भएपनि त्यसलाई नष्ट गरिएको उनले बताए । ‘अब यसका लागि बिज तयार गर्नुपर्छ, फेरि उठ्नुपर्छ’ युनुसले भने, युवाहरुले त्यो बीज तयार गर्नेछन् । हामी त्यसको अनुशरण गर्छौं र उनीहरुको निर्देशनअनुसार अगाडि बढ्छौं ।’

अन्तरिम सरकारको नेतृत्व गर्ने युनुसलाई स्वागत गर्न सुरक्षा प्रमुखहरुका साथै विद्यार्थी आन्दोलनका अगुवाहरु विमानस्थल पुगेका थिए । उनले विद्यार्थी आन्दोलनको प्रशंसा गरे र, यसलाई वंगलादेशको दोस्रो विजय दिन को संज्ञा दिएका छन् ।

द डेली स्टारका अनुसार युनुसले यो स्वतन्त्रको लाभ बंगलादेशको हरेक घरमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । त्यसो नभए यसको कुनै अर्थ नहुने उनले बताएका छन् ।

सम्बोधनका क्रममा युनुसले आन्दोलनका क्रममा मारिएका पहिलो विद्यार्थी अबु शयदलाई सम्झिए । गहभरी आँसु पार्दै उने भने भने, म अबु शयदलाई सम्झिरहेको छु उनको तस्वीरले मेरो हृदयमा बसेको छ । पुलिसको गोलाबारीका अगाडि हात फैलाएर उभिएका उभिने साहस उनले देखाए । त्यसपछि कोही डराइएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0