संसदमा प्रचण्ड : सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको सुनाएका हुन ।

‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *