२४ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।

महासंघ सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटमा उनले यस्तो बताएका छन् ।

भेटमा ढकालले सरकारले महासंघले दिएको सुझाव ग्रहण गर्ने गरेको र नयाँ पुस्ताका सुधार अघि बढाएको जानकारी गराए ।

ढकालले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए ।

दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रतिस्पर्धामा सुधार गर्न मिलेर काम गर्न सक्ने उनले बताए ।

उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए ।

ढकालले उक्त प्रतिवेदन व्यावसायिक समुदाय र नीति निर्माताहरूका लागि महत्त्वपूर्ण सावित भएको जानकारी दिए ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा ईसीजी कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए ।

भेटमा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । उनले नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसर रहेको बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0