२ असोज, काठमाडौं । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ ।
सुवेदीको स्थानमा अब कृष्णप्रसाद लम्साल दाङको सीडीओ बनेका छन् ।
मन्त्रालय सरुवा भएका सुवेदी २ असोज २०८० देखि दाङमा सीडीओको रुपमा काम गरिरहेका थिए । अब लम्सालले जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व सम्हाल्ने छन् ।
@अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1