Author: Admin

कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

समाचार, समाज
१४ चैत, धनगढी । कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बिजनेस शून्य हुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

बिजनेस शून्य हुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

आर्थिक / ब्यापार, राजनीति
काठमाडौँ । सरकारको बेवास्ताको परिणाम सङ्घीय संसद्को दुवै सदन बिजनेस विहीन भएर बस्नुपरेको छ । २४ वटा विधेयक विचाराधीन अवस्थामा रहेको सङ्घीय संसद्मा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ । राष्ट्रिय सभाको प्रतिवेदनसहित प्रतिनिधि सभामा आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित हुने अवस्थामा छ । बाँकी २३ वटा विधेयक सङ्घीय संसद्को विभिन्न समितिमा विचाराधीन छन् । सबै विधेयकहरू समितिमा छलफलकै क्रममा रहेका छन्, कुनै पनि विधेयक पारित भएर फुल हाउसमा जाने अवस्थामा छैनन् । गत माघ २२ गतेबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशनको यतिका दिनसम्म आइसक्दा पनि विधेयक पारित गर्ने सन्दर्भमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । संसद्को पुरानै नियतिको रूपमा रहेको संसद् अवरोधको शृङ्खला चलिरहेकै छ भने दलहरूको आपसी दाउपेच र सरकार गठन, पुनर्गठनहरूले पन...
पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : प्रदेश भागबन्डा टुङ्गोमा पुगेको छैन

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : प्रदेश भागबन्डा टुङ्गोमा पुगेको छैन

राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् । बैठकले वैशाख १५ हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माले जानकारी दिए । ‘अध्यक्षज्यूले प्रदेशको सिट बाँडफाँटमा कुनै सहमति नभएको बैठकलाई जानकारी गराउनुभएको छ । गठबन्धन दलहरूबिच छलफलमै रहेकाले कुनै सहमति नभएको बताउनुभएको छ’, सचिव शर्माले भने । यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताएका छन् । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई...
२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

आर्थिक / ब्यापार, समाचार
१४ चैत, काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो । सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरू...
रङ्गमञ्चबाट उदाएर रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

रङ्गमञ्चबाट उदाएर रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

समाचार, साहित्य / मनोरञ्जन
१४ चैत, काठमाडौं । ६३औं विश्व रङ्गमञ्च दिवस । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपिन का...
परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण : मन्त्रीस्तरीय संयन्त्र निर्माणको सहमति

परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण : मन्त्रीस्तरीय संयन्त्र निर्माणको सहमति

अन्तर्राष्ट्रिय, राजनीति
१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिन लामो चीन भ्रमणको तेस्रो दिन मंगलबार परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलको वार्ता भएको छ । वार्तामा यसअघि दुई देशबीचका महत्वपूर्ण विषयहरुमा छलफल गर्नका लागि बनेको सचिवस्तरको संयन्त्रलाई अब परराष्ट्र मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो । यसका १५औं बैठक अघिल्लो वर्षको चैतमा बेइजिङमा भएको थियो । उक्त बैठकमा नेपालको नेतृत्व तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व त्यहाँका उपविदेशमन्त्री सन वेइडोङले गरेका थिए । अब भने यो संयन्त्र मन्त्रीस्तरीय बन्ने भएको परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । अर्को छिमेकी मुलुक भारतसँग यस्तो संयन्त्र...
कोरियाले सोध्यो- नेपालमा किन ई–७ भिसाबारे विवाद हुँदैछ ?

कोरियाले सोध्यो- नेपालमा किन ई–७ भिसाबारे विवाद हुँदैछ ?

अन्तर्राष्ट्रिय, समाचार
१३ चैत, काठमाडौं । दक्षिण कोरियाले श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट कोरियाको ई–७ भिसा सम्बन्धमा भएको निर्णयप्रति चासो व्यक्त गरेको छ । गत १७ फागुनमा श्रम मन्त्रालयले म्यानपावर कम्पनीलाई कोरियामा सिपयुक्त श्रमिक पठाउन अनुमति गरी कार्यविधि जारी गरेको थियो । तर, नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले सो कार्यविधि वेबसाइटबाट हटाउन लगाएर यसबारे अध्ययन गरेर सुझाव दिन सहसचिव गोविन्द्रसाद रिजालको नेतृत्वमा समिति नै बनाएका छन् । मंगलबार श्रममन्त्री अर्यालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटघाट गर्दै सरकारको निर्णय र नीतिप्रति जिज्ञाशा राखेका हुन् । मन्त्रालय स्रोतका अनुसार राजदूतले कोरियाको रोजगारीका सम्बन्धमा नेपालभित्र कुनै विवाद नहोस् भन्ने आफूहरुको चाहना रहेको बताएका थिए । ‘सञ्चारमा माध्यममा ई ७ भिसासम्बद्ध निर्णयहरुका बारेमा कुरा आएका छन्,’ राजदूत योङ...
विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

अन्तर्राष्ट्रिय, खेलकुद
१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छ । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् । ...
आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

खेलकुद
१४ चैत, काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए । चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुई/दुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एक/एक विकेट लिए । त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक...
साहित्यकार सुवेदीको निधन

साहित्यकार सुवेदीको निधन

समाचार, समाज
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो । सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् । सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।...