Author: shishir marasani

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

अपराध / प्रशासन, राजनीति, समाचार
१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ । कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ । यस्तो छ सूची @अनलाइनखबर...
छानबिन समितिले भन्यो : दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

छानबिन समितिले भन्यो : दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

अन्तर्राष्ट्रिय, समाचार
१७ वैशाख, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ । ५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो । सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत...