अन्तर्राष्ट्रिय

फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

फेरि घटायो अष्ट्रेलियाले विदेशी विद्यार्थीको कोटा

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, सूचना-प्रविधि
११ भदौ, काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको अष्ट्रेलियाले विदेशबाट आउने विद्यार्थीको संख्या न्यूनीकरण गर्ने निर्णय यसअघि पनि गरेको थियो । शिक्षामन्त्री जेसन क्लेयरले मंगलबारको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि तोकिएको सीमाबारे बताए । शिक्षामन्त्री क्लेयरले सरकारले तय गरेको नयाँ सीमाबारे विश्वविद्यालयहरूलाई सूचना दिने पनि बताएका छन् । उनका अनुसार नयाँ सीमा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या विश्वविद्यालयका लागि १ लाख ४५ हजार र व्यवहारिक र सीपमा आधारित पाठ्यक्रमका लागि ९५ हजारसम्म सीमित गरिने छ । कोरोना महामारीपछि अष्ट्रेलियाले लचिलो नीति...
महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो, मोदीको आलोचना

महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो, मोदीको आलोचना

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
११ भदौ, काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् । कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ । कांग्रेसले लेखेको छ, ‘भाजपा सरकारमा चरम भ्रष्टाचार छ । करिब ८ महिनापछि छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेको छ । हालत यस्तो छ कि भ्रष्टाचारको मामलामा महापुरुषहरुलाई पनि बाँकी राखिएको छैन ।’ उद्धव बालासाहेब ठाकेरे नेतृत्वको ...
ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउने

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउने

अन्तर्राष्ट्रिय, समाचार
९ भदौ, काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ।...
करिब ४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

करिब ४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

अन्तर्राष्ट्रिय, समाचार
९ भदौ, काठमाडौं । १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीलेबताए । निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।...
ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
४ भदौ, काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर हमला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’ यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो । विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति...
रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

अन्तर्राष्ट्रिय, समाचार
२ भदौ, काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ । त्यहाँबाट लावा पनि बाहिरिएको छ । सीएनएनका अनुसार शिवलुच ज्वालामुखी भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कामचत्स्कीबाट करिब २८० माइल टाढा छ । पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । यहाँ करिब १ लाख ८१ हजार जनसंख्या छ । यो कामचटका प्रान्तमा पर्दछ ।...
साफ यु-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

साफ यु-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु-१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् । नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् । अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्...
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, समाचार
३२ साउन, काठमाडौं। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मधुसूदन बुर्लाकोटीका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामनन्त्रीबाट भएको निर्देशनअनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो । ‘यसले पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धि गर्न सघाउन पुर्‍याउने अपेक्ष...
थाइल्याण्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रा निर्वाचित

थाइल्याण्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रा निर्वाचित

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
बैङ्कक, साउन ३२ गते । थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ । फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो । पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ । राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभि...
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
३२ साउन, काठमाडौं । शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए । भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ । बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ । नेपालमा अघिल्...