अन्तर्राष्ट्रिय

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।...
आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली
१ वैशाख, काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मना...
नेपालले आज कतारसँग खेल्दै

नेपालले आज कतारसँग खेल्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१ वैशाख , काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो । नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो । नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ । नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई ...
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

अन्तर्राष्ट्रिय, समाचार, सूचना-प्रविधि
खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति गत बिहीबार भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी बैठकमा आयोजनाको वित्तीय व्यवस्थापन चाँडो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । दू...
फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२९ चैत, काठमाडौं । तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कप सुरु गर्दैछ । भोलि शुक्रबार ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्नु हुनेछ । किनकि दुई महिनापछि हुने टी–२० विश्वकपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तान परेन । सुपर एटमा पुग्यो भने मात्र भारत वा पाकिस्तानसँग खेल्ने अवसर जुर्नेछ । सुपर एटमा पुग्न दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको समूह डीको शीर्ष दुईमा पर्नुपर्छ, जुन सहज छैन । एसीसी प्रिमियर कपमा उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुनसक्छ । छनोट प्रतियोगिताबाट गएको हङकङ एसिया कपमा चार पटक (२००४, २००८, २०१८ र २०२२...
बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ, अनुसन्धान गर्दै प्रहरी

बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ, अनुसन्धान गर्दै प्रहरी

अन्तर्राष्ट्रिय, समाचार, समाज
३० चैत, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ । गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिए । यो घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पनि उनले बताए । ‘सत्य लामा सहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बोधिचित्तको रूख काट्ने र तर्साउनका लागि विस्फोटक पदार्थ राख्ने मान्छेको पनि पहिचान भइसकेको छ, पक्राउ गर्न भने बाँकी छ’, उनले भने । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।...
बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

अन्तर्राष्ट्रिय, समाचार
२९ चैत, भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् । रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन् । मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई बुधबार दिउँसो ३ बजेसम्म पनि गःहिटी पुर्याउन सकिएन । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने अनुमान छ । रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउनु पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गर...
च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२९ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ । अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ । पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो । तर बार्सिलोनाले पनि पुनरागमन गर्‍यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्ट...
गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो । आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदको हातबाट समातिन पुगे । चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको छैटौं ओभरको सट बलमा जेम्श म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । त्यसपछि क्रिजमा आएका पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो । उनी आ...