राजनीति

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

राजनीति, समाचार
३ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् । उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।...
‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’

‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’

राजनीति, समाचार
वैशाख ३-सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । पछि फेरि विविध कारणले कार्यान्वयन भएन र समस्या देखिएको छ । प्रदेश प्रमुखले दुई दिनको समय माग्नुभएको छ । मलाई लाग्छ यो दुई दिनको बीचमा समस्या हल हुन्छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद कायम छ । उनीहरू बीचमा पनि एकता हुन्छ र गठबन्धनमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि कार्यान्वयन हुन्छ भन्ने विश्वासमा हामी छौं । केन्द्रको गठबन्धनले त निरन्तरता पाइरहेको छ, समस्या छैन, सुदूरपश्चिममा पनि केन्द्रको गठबन्धन अनुसार सङ्गति मै हुनुपर्नेछ । पहिलेको सहमति कार्यान्वयन हुन्छ र समस्याको समाधान हुन्छ । केन्द्रमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यसरी अघि नबढ्दा केही समस्या छन् । सहमति कार्यान्वयन गर्ने ढंगले अगाडि नबढ्दा सुदूरपश्चिमबाट समस्या देखिन थालेको हो । तर केन्द्रलाई दबाब दिनका ला...
गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

राजनीति, समाचार
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन् । थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन् । संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले कांग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए । ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’ एमालेसँगको संवाद निर्वाचन अघि गठबन्धन नगर्ने विषयमा हुनुपर्ने उनले बताए । निर्वाचन अगाडि गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरेको जस्तै नेकपा ...
एकैपटक ५ सचिवको सरुवा

एकैपटक ५ सचिवको सरुवा

राजनीति, समाचार
२ वैशाख, काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।...
विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

राजनीति, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए । उनले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गरे । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । “यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमि...
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो : राष्ट्रपति पौडेल

राजनीति, समाचार, समाज / जिवनशैली
काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्। “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढवा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।” राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह ...
रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।...
लुम्बिनीमा आज विश्वासको मत

लुम्बिनीमा आज विश्वासको मत

राजनीति, समाचार
बुटवल — लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार (आज) विश्वासको मत लिने भएका छन् । उनी यही चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभामा ११ सदस्य रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । लुम्बिनीमा आज विश्वासको मत माओवादी संसदीय दलका नेता जोखबहादुर महरा । महरालाई एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्रीमा समर्थन गर्ने बेलामै ७ बुँदे सहमति गर्दै मन्त्रालयको भागबण्डा गरिएको थियो । एमालेले ५, माओवादीले २, जसपाले २ मन्त्रालय पाउने र एकीकृत समाजवादी तथा स्वतन्त्रलाई पनि सरकारमा सहभागी गराउने सहमति छ ।...
गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?

गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?

राजनीति, समाचार, समाज
२९ चैत, बुटवल । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र व्यवस्थापक सागर केसीलाई सरकारले कहिले पक्राउ गर्छ भनेर प्रश्न गरेका छन् । उक्त सहकारीका पीडितहरुले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछानेले अहिले गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएका हुन् । सहकारीका मुख्य व्यक्ति पक्राउ परे पनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसँग माग गरे । सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले राई र गृहमन्त्री लामिछाने विगतमा गोर्खा मिडिया प्रालिमा सँगै रहेका र त्यहाँ सहकारीको करोडौं रकम लगानी भएकाले सरकारले उनलाई पक...
गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।