राजनीति

कोशीमा केदार कार्कीको अडान : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

कोशीमा केदार कार्कीको अडान : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

राजनीति, समाचार, समाज
२५ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । गत २७ असोजमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि परीक्षण नगर्ने अडान लिएका हुन् । २१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कोशीमा वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डामा कोशी नेकपा एमालेको भागमा परेको छ । तर संवैधानिक अप्ठ्यारोका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र देखिएको छैन । २७ असोजमा ८ जना सांसदसहित नेपाली कांग्रेस भित्र विद्रोह गरेका केदार कार्की नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी नेतृत्वको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका ३ र एकीकृत समाजवादी पार...
स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

राजनीति, समाचार, स्वास्थ्य
२५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र सेवामैत्री तुल्याउन सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान दिन भनेका हुन् । आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्ने बताएका हुन् । ‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई सुशासन, सामाजिक न्याय र समृ...
सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

राजनीति, समाचार
२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् । यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ । नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै ...
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

राजनीति, समाचार, समाज
२५ चैत,बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए । ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानवीन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’ नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए । उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रत...
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

राजनीति, समाचार
२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए । लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।...
लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय बाँडफाँट

लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय बाँडफाँट

राजनीति, समाचार
२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त नहुँदै सत्ता गठबन्धन दलले मन्त्रालय बाँडफाँट गरेका छन् । दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको स्रोतले बतायो । सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति पनि भएको छ । बिहीबार गठबन्धनका चार दल र एक स्वतन्त्र सांसद बीच पाँच बुँदे सहमति भएको विज्ञप्ति बाहिर आए पनि जसपालाई शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने गरी अर्को ७ बुँदे सहमति समेत भएको खुलेको छ । ‘गोप्य राखिएको सहमतिको अर्को बुँदामा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई सरकारमा सहभागी गराउने भन्ने छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई कुन मन्त्रालय ...
लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

राजनीति, समाचार
२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए । ‘आज बिहानसम्म पनि विश्वासको मत लिने तयारी थियो,तर अहिले मुख्यमन्त्रीले राजीनामा दिने कुरा आएको छ’, उनले भने, ‘अहिले १ बजे संसदीय दलको वैठक छ, संभवतः मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराउनुहुन्छ होला ।’ बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल...
लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३/३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत हुन आउँछ । यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), ...
विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कतिपय निजी विद्यालयले महँगो शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अनेक शीर्षकमा विद्यालयहरूले शुल्क असुल्ने र अभिभावकहरूलाई पीडा दिने काम गरिरहेको टिप्पणी गरे । ‘नानी–बाबुहरू विद्यालय जान पाउँदा खुसी छन् । तर उनीहरूका अभिभावकको दुःख बेग्लै छ । कारण विद्यालयहरूले भर्नाको नाममा महँगो शुल्क असुलिरहेका छन्,’ बस्नेतले भने, ‘विद्यालयले भनेकै पसलमा, भनेकै मूल्यमा पोशाक र किताब किन्नुपर्ने बाध्यता छ । यस्तो विषयमा सरकारले बोल्नुपर्दैन ?’ एकपटक भर्ना भएका विद्यार्थीले सोही विद्यालयको अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन भनिए पनि धेरै निजी विद्यालयले वार्षिक शुल्क असुलिरहेको बस्नेतले बताए । उनले भने, ‘अभिभावक एउटा बच्चाका लागि ६०–७० हजार रुप...
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।...