राजनीति

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

अन्तर्राष्ट्रिय, राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्...
कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । साथै बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।...
राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

राष्ट्रिय विकास परिषदको बैठक बिहीबार बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

राजनीति, समाचार
१२ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषदको बैठक बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक बिहीबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् । बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् । बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरब...
लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, राजनीति, समाचार, समाज
नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै संसदीय गतिविधि निरन्तर अवरुद्ध गरेपछि सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । संसद्मा विपक्षीले उठाएका एजेन्डाबारे गम्भीर बहस गरेर त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा संसद् नै स्थगित गरेर सरकार स्वयंले समकालीन राजनीतिक समस्यालाई गहिर्‍याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरू गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिने तर छानबिन समिति बन्न नसक्ने अडानमा थिए भने कांग्रेसले समिति नबनेसम्म संसद् चल्न नसक्ने अडान राखेको थियो । तर, सहकारी अनियमितताका बारेमा तथ्य सहित प्रश्न उब्जिएपछि गृहमन्त्रीका बारेमा छानबिन समिति बन्नै नहुने तर्क आफैंमा य...
खाम पक्षबाट सुरक्षा थ्रेट भन्दै रमिलाले भेटिन् गृहमन्त्री

खाम पक्षबाट सुरक्षा थ्रेट भन्दै रमिलाले भेटिन् गृहमन्त्री

राजनीति, समाचार
६ वैशाख, काठमाडौं । हत्या गरिएका कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको दाबी गरेकी छन् । बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर रमिलाले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएकी हुन् । हत्याको १६ वर्षपछि आरोपी, जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको दाबी छ । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिएका छन् ।...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

राजनीति, समाचार
६ वैशाख, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् । यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।...
मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

राजनीति, समाचार
६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् । माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् । १५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।...
भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
५ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो । बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरील...
सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

आर्थिक / ब्यापार, राजनीति, समाचार
भैरहवा — रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् । बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरो...
दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: बास्कोटा

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: बास्कोटा

राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थीरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।...